रास्वपाभित्र अन्तरविरोध छैन : अमरेशकुमार सिंह
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले पार्टीभित्र कुनै किसिमको अन्तरविरोध नरहेको दाबी गरेका छन्।
संसद् भवन सिंहदरबारमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले रास्वपाका नेता–कार्यकर्ता एकीकृत भएर अघि बढिरहेको बताए।
आफू सत्ता पक्षमा रहेपनि संसद्मा जनताका मुद्दा र आवाज निरन्तर उठाउनु जनप्रतिनिधिको मुख्य कर्तव्य भएको उनको भनाइ छ।
सांसद सिंहले जनताको ठूलो आशा र भरोसा रहेको वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताए। उनले सरकार पाँच वर्षसम्म चल्ने र सफल हुने दाबी गरे।
सरकारलाई चौतर्फी सहयोग गर्दै देशमा सकारात्मक परिवर्तन ल्याउन आफूहरू पाँच वर्ष नै काम गर्ने उनले बताए।
.gif)

.png)


