गगनले पठाए देउवालाई प्रमुख अतिथिको निम्तो

निवासमै पुगेको टोलीले भेट्न नसकेपछि निमन्त्रणा पत्र छाडेर फर्कियो


२०८३ असोज १७ शनिबार २१:२७ बजे

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई निम्तो गरेका छन्।

सभापति थापाले सहमहामन्त्री योगेन्द्र चौधरीको नेतृत्वमा देउवालाई निम्तो दिन टोलीलाई उनको निवास पठाएका थिए। तर, निवासमै पुग्दा पनि देउवासँग भेट हुन नसकेको सहमहामन्त्री चौधरीले बताए।

देउवाका स्वकीय सचिव भानु देउवासँग समेत सम्पर्क हुन नसकेपछि आफूहरू देउवासम्म पुग्न नसकेको चौधरीले बताए। उनका अनुसार सभापति थापाको हस्ताक्षर रहेको निमन्त्रणा पत्र देउवाको निवासमै छाडेर टोली फर्किएको छ।

कांग्रेसको १५औँ महाधिवेशन भोलि उद्घाटन हुँदैछ। महाधिवेशनमा देउवा पक्ष सहभागी छैन।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७