बढी हवाई भाडा लिए १५ लाखसम्म जरिबाना


२०८३ असोज १७ शनिबार १५:२६ बजे

काठमाडौं :  चाडपर्व, विपद् वा आपत्कालीन समयमा स्वीकृत दरभन्दा बढी हवाई भाडा असुल्ने वायुसेवा कम्पनीलाई सरकारले कडा कारबाही गर्ने भएको छ।

सङ्घीय संसद्मा पेस भएको नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३ ले स्वीकृत हवाई भाडादरभन्दा बढी रकम असुल्ने वायुसेवा सञ्चालकलाई १५ लाख रुपैयाँसम्म जरिबाना गर्ने प्रस्ताव गरेको छ।

विधेयकको दफा ४७ को खण्ड (ड) मा प्राधिकरणले स्वीकृत गरेको हवाई भाडादरभन्दा बढी भाडा लिएर उडान सञ्चालन गरेमा त्यसलाई कसुर मानिने व्यवस्था गरिएको छ।

यस्तो कसुर प्रमाणित भएमा दफा ४८ को उपदफा (१) को खण्ड (ख) अनुसार वायुसेवा सञ्चालक वा सम्बन्धित व्यक्तिलाई ५ लाखदेखि १५ लाख रुपैयाँसम्म जरिबाना गर्न सकिनेछ। यस्तो कारबाही गर्ने अधिकार प्राधिकरणका महानिर्देशकलाई दिइएको छ।

त्यसैगरी, एकपटक कारबाहीमा परिसकेपछि पनि सोही कसुर दोहोर्‍याएमा पहिले गरिएको जरिबानाको दोब्बर रकम जरिबाना हुने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ।

प्रस्तावित व्यवस्थाले चाडपर्व, खराब मौसम तथा विपद्का समयमा यात्रुको बाध्यताको फाइदा उठाउँदै स्वीकृत दरभन्दा बढी हवाई भाडा असुल्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने सरकारको अपेक्षा छ

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७