पृथ्वी राजमार्गमा आवागमन सहज बन्दै, आजदेखि पूर्ण रूपमा खुलाउने तयारी
काठमाडौं : अविरल वर्षापछि पहिरो खस्नुका साथै सडक भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्गको विभिन्न खण्डमा सवारी आवागमन क्रमशः सहज बन्दै गएको छ।
धादिङका विभिन्न स्थानमा पहिरो तथा सडक भासिएपछि अवरुद्ध भएको राजमार्गमा अवरोध हटाउने काम भइरहेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।
हाल राजमार्गमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेको प्रशासनले जनाएको छ।
थप पहिरो वा अन्य अवरोध नआए बुधबार दिउँसो १ बजेदेखि पृथ्वी राजमार्गमा सबै प्रकारका सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको प्रशासनले जनाएको छ।
वर्षा रोकिए पनि राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम भने कायमै रहेको प्रशासनको भनाइ छ। सडकमा जुनसुकै समयमा पहिरो खस्न सक्ने भएकाले यात्राका क्रममा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
प्रशासनले सवारी चालक, यात्रु तथा सर्वसाधारणलाई सडकको अवस्था बुझेर यात्रा गर्न तथा सवारी सञ्चालन गर्दा प्रचलित ट्राफिक नियम र सडक अनुशासन पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ।

.gif)

.png)


