राष्ट्र बैंकले सार्वजनिक गर्यो विदेशी मुद्राको विनिमयदर
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलरको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४४ पैसा तोकिएको छ भने यूके पाउन्ड स्ट्रलिङको खरिददर २०२ रुपैयाँ ७१ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५० पैसा तोकिएको छ।
स्वीस फ्र्याङ्कको खरिददर १८३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८४ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ।
अष्ट्रेलियन डलरको खरिददर १०७ रुपैयाँ ४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४५ पैसा छ भने क्यानेडियन डलरको खरिददर १०७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३७ पैसा कायम गरिएको छ।
सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १२० रुपैयाँ २९ पैसा रहेको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा तोकिएको छ भने चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ८६ पैसा र बिक्रीदर २२ रुपैयाँ ९५ पैसा रहेको छ।
त्यस्तै, साउदी अरेबियन रियालको खरिददर ४० रुपैयाँ ८२ पैसा र बिक्रीदर ४० रुपैयाँ ९८ पैसा तथा कतारी रियालको खरिददर ४२ रुपैयाँ ५ पैसा र बिक्रीदर ४२ रुपैयाँ २२ पैसा कायम भएको छ।
थाई भाट एकको खरिददर ४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४ रुपैयाँ ५८ पैसा छ। यूएई दिरामको खरिददर ४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ।
मलेसियन रिङ्गेटको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७१ पैसा तथा दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २९ पैसा र बिक्रीदर ११ रुपैयाँ ३४ पैसा तोकिएको छ।
स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५ रुपैयाँ ३८ पैसा तथा डेनिस क्रोनरको खरिददर २३ रुपैयाँ २४ पैसा र बिक्रीदर २३ रुपैयाँ ३४ पैसा रहेको छ।
हङकङ डलरको खरिददर १९ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९ रुपैयाँ ६१ पैसा छ। कुवेती दिनारको खरिददर ४९८ रुपैयाँ १५ पैसा र बिक्रीदर ५०० रुपैयाँ १० पैसा कायम गरिएको छ।
त्यसैगरी, बहराइन दिनारको खरिददर ४०६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४०८ रुपैयाँ १७ पैसा तथा ओमनी रियालको खरिददर ३९८ रुपैयाँ १२ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।
वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले स्पष्ट पारेको छ। अद्यावधिक विनिमयदर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
.gif)

.png)


