भोटेकोशी बाढीमा ३८ शव निकाल्ने इन्स्पेक्टर सुवेदी बने ‘पुलिस अफ दी मन्थ’


२०८३ असोज १३ मंगलबार ०७:४८ बजे
फाइल फोटो

काठमाडौं : इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप सुवेदी गण्डकी प्रदेशको भदौ महिनाका ‘पुलिस अफ दी मन्थ’ घोषित भएका छन्।

गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी दीपेन्द्र घर्ती क्षेत्रीले सुवेदीलाई उत्कृष्ट प्रहरीका रूपमा पुरस्कृत गरेका हुन्।

सुवेदीले भोटेकोशी बाढीपछि भएको खोज तथा उद्धार अभियानमा ३८ वटा शव निकाल्ने कार्यको कमाण्ड सम्हालेका थिए।

उद्धार अभियानमा प्रभावकारी नेतृत्व गरेको तथा जोखिमपूर्ण अवस्थामा समन्वय र परिचालनमा भूमिका खेलेको भन्दै उनलाई सम्मान गरिएको हो।

त्यसैगरी, फरार प्रतिवादी पक्राउ, जघन्य अपराधको सफल अनुसन्धान तथा समुदायमा प्रहरी जनचेतना अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गरेको प्रमाणपत्रमा उल्लेख छ।

डीआईजी घर्ती क्षेत्रीद्वारा हस्ताक्षरित प्रमाणपत्रमा सुवेदीले आफ्नो जिम्मेवारीमा व्यावसायिकता, सक्रियता र प्रभावकारिता प्रदर्शन गरेको उल्लेख गर्दै उनलाई भदौ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको जनाइएको छ।

२०७४ सालमा प्रहरी सेवामा प्रवेश गरेका सुवेदीले यसअघि धनुषाको इलाका प्रहरी कार्यालय ढल्केबरको कमाण्डसमेत सम्हालिसकेका छन्।

उनले जिल्ला प्रहरी कार्यालय शोलु, काठमाडौंका प्रहरी वृत्त दरबारमार्ग र लैनचौर तथा प्रहरी प्रशिक्षण प्रतिष्ठानमा समेत विभिन्न जिम्मेवारीमा काम गरिसकेका छन्।

हाल उनी इलाका प्रहरी कार्यालय आँबुखैरेनीको प्रमुखका रूपमा कार्यरत छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७