हनी ट्र्यापबाट साढे ६ करोड ठगीको आरोप लागेकी टिकटकर तुलसा अधिकारी पक्राउ


२०८३ जेठ १७ आइतबार ०९:१५ बजे

काठमाडौँ : अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) बाट रातो सूची (रेड नोटिस) जारी भएकी चर्चित टिकटकर 'तुलसा अधिकारी' भन्ने तुलसी अधिकारी थाइल्यान्डमा पक्राउ परेकी छिन्। थाइल्यान्डमा पक्राउ परेकी उनलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याएर अहिले जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अविनारायण काफ्लेले अधिकारीलाई थाइल्यान्डमा पक्राउ गरेर नेपाल ल्याइपुर्‍याइएको पुष्टि गरेका छन्। अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी तथा आपराधिक लाभ (हनी ट्र्याप) लिएको कसुरमा ललितपुर जिल्ला अदालतमा मुद्दा विचाराधीन छ। जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले चार महिनाअघि उनीविरुद्ध २०८२ चैतमा अदालतमा मुद्दा दायर गरेको थियो।  मुद्दामा अधिकारी सहित १० जना प्रतिवादी छन् । सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले तुलसामाथि सातदोबाटो प्रहरी वृत्तमा जाहेरी दिएका थिए ।

परिवर्तित नाम 'शंकर चिमोरिया'ले दिएको जाहेरीका आधारमा ललितपुर प्रहरीले यसअघि अनुसन्धान अघि बढाएको थियो। अधिकारीले नियोजित रूपमा 'हनी ट्र्याप'मा पारेर ठुलो रकम ठगी गरेको र उक्त रकम लुकाउन सम्पत्ति शुद्धीकरण समेत गरेको अभियोगमा उनीमाथि मुद्दा चलाइएको हो। मुद्दा दायर हुनुअघि नै फरार रहेकी उनलाई पक्राउ गर्न नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले रेड नोटिस जारी गरेको थियो। तुल्सा कलेक्सन प्रालिकी सञ्चालक अधिकारीले व्यवसायीलाई बलात्कार मुद्दामा फसाउँछु भनेर लगातार ‘ब्ल्याकमेलिङ’ गर्ने गरेको आरोप लगाएका छन् । 

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७