आर्सनललाई स्तब्ध पार्दै लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता

आर्सनललाई पेनाल्टी सुटआउटमा हराउँदै पीएसजीले जित्यो च्याम्पियन्स लिगको उपाधि


२०८३ जेठ १७ आइतबार ०८:२६ बजे

काठमाडौँ :  युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जितेको छ। फाइनलमा इङ्लिस क्लब आर्सनललाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै पीएसजीले उपाधि रक्षा गरेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समय गरी १ सय २० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो ।

खेलको सुरुआतमै काई हाभर्ट्जले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा ओस्मान डेम्बेलेले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीलाई खेलमा फर्काए । त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

आर्सनलका एबेरेची एजे र गाब्रिएलले पेनाल्टी अवसर खेर फालेपछि पीएसजी विजयी बन्यो । गाब्रिएलको प्रहार बारमाथिबाट बाहिरिएको थियो । यस जितसँगै पीएसजीले लगातार दोस्रो पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि जित्दै आफ्नो प्रभुत्व कायम राखेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७