अधिकृत र इन्जिनियरसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२०८३ असोज ६ मंगलबार २२:०५ बजे
फाइल फोटो

काठमाडौं : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा सडक निर्माणको ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाको वडा नम्बर ६ स्थित हरियापानी–पालङ्ग–माझफाल हुँदै रुकुम जोड्ने मोटरबाटो निर्माणको बोलपत्र प्रक्रियामा मिलेमतो भएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा आह्वान गरिएको बोलपत्रमा सार्वजनिक खरिद ऐनविपरीतका सर्त राखेर ३० लाख ९९ हजार ८१८ रुपैयाँ कबोल गर्ने सबैभन्दा कम रकम प्रस्तावकर्तालाई प्रतिस्पर्धाबाट बाहिर पारिएको थियो।

त्यसपछि १ करोड ४ लाख ६१ हजार ७७२ कबोल गर्ने छल निर्माण सेवा प्रालिलाई ठेक्का स्वीकृत गरिएको अख्तियारको अनुसन्धानबाट खुलेको जनाएको छ।

कम रकम कबोल गर्ने व्यवसायीलाई प्रतिस्पर्धाबाट हटाएर बढी रकम कबोल गर्ने कम्पनीलाई ठेक्का दिँदा राज्य कोषमा रु. ७३ लाख ६१ हजार ९५३ रुपैयाँ ५७ पैसा नोक्सानी पुगेको आयोगको निष्कर्ष छ।

अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेल, तत्कालीन इन्जिनियर  कर्ण बहादुर कार्की, प्रशासकीय अधिकृत  हिरा चन्द्र धराला, वरिष्ठ लेखा सहायक  रूपचन्द्र बुढा, शिक्षा अधिकृत  भिम बहादुर थापा, एमआईएस अपरेटर  हरिचन्द्र बिष्ट, बोलपत्र मूल्याङ्कन समितिका सदस्य  शिशिर कुमार गुरूङ र छल निर्माण सेवा प्रालिका सञ्चालक दिपचन्द्र रोकायालाई प्रतिवादी बनाएको छ।

आयोगले प्रतिवादीहरूबाट जनही ७३ लाख ६१ हजार ९५३ रुपैयाँ ५७ पैसा बिगो असुलउपर गर्न मागदाबी गरेको छ। साथै, भ्रष्टाचार निवारणसम्बन्धी प्रचलित कानुनबमोजिम हदैसम्मको कैद तथा जरिवाना सजायको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७