९ शाखा अधिकृतको सरुवा, चार प्रमुख प्रशासकीय अधिकृत फेरिए
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ९ शाखा अधिकृतको सरुवा गरेको छ।
मन्त्रालयले स्थानीय तह तथा विभिन्न निकायमा कार्यरत चार प्रमुख प्रशासकीय अधिकृतसहित नौ शाखा अधिकृतको सरुवा तथा कामकाज तोकेको हो।
मन्त्रालयले २०८३ असोज ६ गते गरेको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतहरूको सरुवा र नयाँ जिम्मेवारी तोकिएको हो। निर्णयअनुसार चार प्रमुख प्रशासकीय अधिकृतलाई विभिन्न स्थानीय तहमा खटाइएको छ।
उनीहरूले सरुवा भएको स्थानीय तहमा पुगेर प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी सम्हाल्नेछन्। यस्तै, विभिन्न निकायमा कार्यरत नौ शाखा अधिकृतको पनि सरुवा तथा कामकाज तोकिएको मन्त्रालयले जनाएको छ।
हेर्नुहोस् सरुवा सूची :

.gif)

.png)


