सञ्चारकर्मीप्रति ओलीको असन्तुष्टि : यसरी मुखमा घोचेर प्रश्न सोध्ने नगर्नुस्
काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सञ्चारकर्मीले प्रश्न सोध्ने शैलीप्रति असन्तुष्टि जनाएका छन्। आइतबार पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक सुरु नभएपछि बाहिरिने क्रममा सञ्चारकर्मीले ओलीलाई विभिन्न प्रश्न गरेका थिए। त्यस क्रममा ओलीले सञ्चारकर्मीलाई एक ठाउँमा बोलाएर प्रश्न सोध्ने शैलीप्रति असन्तुष्टि जनाएका हुन्।
ओलीले सञ्चारकर्मीले आफूलाई प्रश्न गर्दा पहिल्यै अनुमति लिनुपर्ने र आफूले दिएको जवाफ प्रकाशन गर्नुअघि देखाउनुपर्ने आशय व्यक्त गरेका थिए। ‘तपाईंहरूले यसरी घोचेर प्रश्न सोध्ने नगर्नुस्,’ ओलीले सञ्चारकर्मीलाई भने। त्यसपछि ओलीले थप प्रश्नको जवाफ नदिई गाडी चढेर पार्टी कार्यालयबाट बाहिरिएका थिए।
.gif)

.png)

