भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्ने

आगजनीमा क्षतिग्रस्त १२ मध्ये १० स्टोर सञ्चालनमा


२०८३ असोज ४ आइतबार १३:४५ बजे

काठमाडौं : गत वर्षको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगालस्थित स्टोर असोज ५ गते सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। कम्पनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलका अनुसार टंगाल स्टोरले सोमबार बिहान ८ बजेदेखि ग्राहकलाई नियमित सेवा दिनेछ।

आन्दोलनका क्रममा भाटभटेनीका दर्जनभन्दा बढी स्टोरमा भौतिक क्षति पुगेको थियो। कम्पनीका अनुसार क्षतिका बाबजुद १० हजारभन्दा बढी कर्मचारीको रोजगारीलाई निरन्तरता दिइएको छ। आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएका १२ स्टोरमध्ये हालसम्म १० वटा पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। यसअघि पूर्ण रूपमा जलेको कोटेश्वर स्टोर आगजनी भएको पाँच महिनाभित्रै पुनः सञ्चालनमा ल्याइएको थियो। दमक र हेटौँडास्थित स्टोर पनि पुनःनिर्माणको अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ। ती स्टोर पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। 

यसैबीच, भाटभटेनीले सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौँमा निर्माणाधीन बाल अस्पतालका लागि ७१ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग उपलब्ध गराएको जनाएको छ। पुनःनिर्माण गरिएका स्टोरमा आधुनिक सुविधा थप गरिएको तथा ग्राहकलाई थप सहज र गुणस्तरीय सेवा दिने गरी संरचना तयार गरिएको कम्पनीको भनाइ छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७