एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक


२०८२ फाल्गुण २९ शुक्रबार ०८:१७ बजे

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ। उनका बुवा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो।

एमाले सचिव पद्मा अर्यालले सामाजिक सञ्जालमार्फत मोहनप्रसाद ओलीको निधन भएको जानकारी दिएकी हुन्।

केही दिनदेखि अस्वस्थ रहेका मोहनप्रसाद ओलीको आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको जनाइएको छ।

उनको पार्थिव शरीर ओली निवास गुण्डुमा लगिने र दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने स्रोतले जनाएको छ। स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७