पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन्। भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा शनिबार बिहानै उनलाई प्रहरीले पक्राउ गरेको हो।
ओलीलाई पक्राउ गरी काठमाडौं जिल्ला प्रहरी परिस ल्याइँदै गरेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। लगत्तै गृहमन्त्री सुधन गुरूङले सुरक्षा प्रमुखसँग छलफल गरेका थिए।
एमाले नेताहरूका अनुसार गुण्डुमा शुक्रबार रातिदेखि नै निवासभित्र प्रवेश गर्ने क्रममा एमालेका नेता कार्यकर्ताले अवरोध गर्न खोजेका थिए। केहीबेर धकेलाधकेलसमेत भएको थियो।
.gif)

.png)

