सिराहा गोलीकाण्डपछि गृहमा तानिए पौडेल, कर्मचारी प्रशासनमा पन्थी


२०८३ असोज ४ आइतबार १४:३० बजे
फाइल फोटो

काठमाडौं : गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई गृह मन्त्रालयमा तानेको छ। सिराहामा भएको गोलीकाण्डबारे गठित छानबिन समितिले पौडेलसमेतलाई दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेपछि उनलाई मन्त्रालयमा तानिएको हो।

पौडेललाई मन्त्रालय तानिए पनि तत्काल कुनै जिम्मेवारी दिइएको छैन। उनलाई मन्त्रालयमा हाजिर गराएर थप निर्णय गर्ने तयारी भइरहेको गृह मन्त्रालय स्रोतले जनाएको छ। सिराहामा केही समयअघि भएको गोलीकाण्डपछि घटनाको छानबिन गर्न समिति गठन गरिएको थियो। समितिले घटनामा तत्कालीन प्रमुख जिल्ला अधिकारी पौडेलको भूमिकामाथि समेत प्रश्न उठाउँदै कारबाहीका लागि सिफारिस गरेको थियो। पौडेललाई मन्त्रालय तानेसँगै गृह मन्त्रालयले सिराहामा नयाँ प्रमुख जिल्ला अधिकारी पठाउने तयारी गरेको छ। त्यसका लागि उपयुक्त सहसचिवको खोजी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ। सोही सिफारिसका आधारमा गृहले पौडेललाई जिल्लाबाट फिर्ता बोलाएको हो।

यसैगरी सहसचिव सुरेश पन्थीलाई कर्मचारी प्रशासन महाशाखाको जिम्मेवारी दिएको छ। यसअघि विपद् व्यवस्थापन महाशाखासमेत सम्हाल्दै आएका पन्थीलाई कर्मचारी प्रशासनको जिम्मेवारी दिइएको हो। पन्थीले सम्हाल्दै आएको विपद् व्यवस्थापन महाशाखाको जिम्मेवारी भने अर्का सहसचिवलाई दिने तयारी गरिएको छ। त्यसका लागि सहसचिव व्यवस्थापनको गृहकार्य भइरहेको मन्त्रालयले जनाएको छ।

यसैबीच पछिल्लो पटक सरुवा भएर गृह मन्त्रालय आएका सहसचिव एकदेव अधिकारी र मोतिराम सापकोटाले पनि हालसम्म जिम्मेवारी पाएका छैनन्। मन्त्रालयले दुवै सहसचिवलाई छिट्टै जिम्मेवारी दिने तयारी गरेको बताइएको छ। उनीहरूलाई कुन महाशाखा वा निकायको जिम्मेवारी दिने भन्ने विषयमा व्यवस्थापनको काम भइरहेको छ।

पछिल्लो व्यवस्थापनसँगै गृह मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर तथा नयाँ जिम्मेवारी तोक्ने क्रम तीव्र बनेको छ। यससँगै मन्त्रालयका महाशाखा तथा जिल्लास्थित प्रमुख जिल्ला अधिकारीहरूको व्यवस्थापनमा समेत थप फेरबदल हुने देखिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७