मकवानपुरमा यात्रुवाहक ईभी दुर्घटना, ४ जनाको मृत्यु


२०८३ भदौ ३० मंगलबार १८:३८ बजे

मकवानपुर : मकवानपुरमा यात्रुवाहक गाडी सडकबाट करिब १ हजार मिटर तल खस्दा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्। इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा मंगलबार दिउँसो करिब २ बजे दुर्घटना भएको हो। 

काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको म.प्र. ०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक ईभी गाडी हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडक खण्डमा सडकबाट करिब १ हजार मिटर तल खसेको हो। दुर्घटनामा मृत्यु हुने चारै जना पुरुष रहेका छन्। घाइतेमध्ये दुई जना महिला र दुई जना पुरुष रहेको प्रहरीले जनाएको छ। मृतक तथा घाइतेहरूको विस्तृत विवरण आउन बाँकी छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७