त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुलको मर्मत तीव्र, असोज २० सम्म सञ्चालनमा ल्याइने


२०८३ भदौ ३० मंगलबार १७:५६ बजे

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त त्रिशूली–मुग्लिन करिडोरका झोलुङ्गे पुलको मर्मत कार्य सरकारले तीव्र बनाएको छ। क्षतिग्रस्तमध्ये १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु भइसकेको छ। धादिङका कालिकास्थान, मालिङ्गा मझुवाटार दोभान, महादेवा मास्टर, चिरौंदी खोला, शितलबजार क्युरेनीटार र बेल्खु भुतिया झोलुङ्गे पुलको मर्मत भइरहेको छ।
त्यस्तै, नुवाकोट र धादिङ जोड्ने केउरेनी गहते, पिमलटार जागाराम, कोतपु कल्लेरी, फोस्रेटार र फिलिङ तथा गोरखा र धादिङ जोड्ने बादरे झोलुङ्गे पुलको पनि मर्मत सुरु भएको छ। यी सबै पुल असोज २० गतेभित्र सञ्चालनमा ल्याउने गरी मर्मत कार्य भइरहेको छ।
बाढीबाट प्रभावित थप ८ वटा झोलुङ्गे पुलको मर्मतका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारीसमेत अघि बढाइएको छ। मर्मतका लागि आवश्यक डेकलगायत सामग्री खरिद गर्न विभिन्न निर्माण कम्पनीसँग सम्झौता भइसकेको र पहिलो चरणका सामग्री कार्यस्थलमा आपूर्ति भइसकेको जनाइएको छ। दोस्रो चरणका स्टिल पार्ट्स खरिद प्रक्रिया पनि अघि बढाइएको छ।
यसैबीच, मर्मत गर्न नसकिने गरी क्षति भएका करिडोरका ३३ वटा झोलुङ्गे पुल पुनःनिर्माणका लागि भदौ १७ गते बोलपत्र आह्वान गरिएको छ। पुल निर्माण तथा मर्मतका लागि आवश्यक लठ्ठा, ‘बुलडग ग्रिप्स’ लगायतका सामग्री खरिद गर्न सरकारले बोलपत्र आह्वान गरेको हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७