२५ जना उपसचिवको सरुवा, को कहाँ पुगे ?


२०८३ भदौ २४ बुधबार १९:१४ बजे

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्णयअनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा तथा कामकाजको जिम्मेवारी हेरफेर गरिएको छ। 

मन्त्रालयको सोमबारको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग, स्थानीय तह तथा अन्य निकायमा कार्यरत २५ जना उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिएको हो। जसअनुसार व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान, इटहरीमा रहेका  पुष्पराज कटवाललाई बनगाड कुपिण्डे नगरपालिका, सल्यान, शुक्लाफाँटा नगरपालिका, कञ्चनपुरका प्रमुख प्रशासकीय अधिकृत  खेमराज बिष्टलाई जिल्ला समन्वय समितिको कार्यालय, दाङ सरुवा गरिएको छ। 

यस्तै सार्वजनिक खरिद अनुगमन कार्यालय, काठमाडौंमा कार्यरत इन्द्र गौतमलाई घोडाघोडी नगरपालिका, कैलाली, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रहेका  भीमप्रसाद भट्टराई वीरेन्द्रनगर नगरपालिका, सुर्खेत, शुक्लागण्डकी नगरपालिका, तनहुँका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल गृह मन्त्रालय, काठमाडौं, पूर्वाधार विकास मन्त्रालयमा रहेका  प्रकाश आचार्य बेदकोट नगरपालिका, कञ्चनपुर पठाइएको छ।

यसैगरी वीरेन्द्रनगर नगरपालिका, सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटा भूमिसुधार तथा मालपोत कार्यालय, बाँके, महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा रहेका  बसन्तप्रसाद पन्थी लेकबेँसी नगरपालिका, सुर्खेत, खानी तथा भूगर्भ विभागमा रहेका  नारायणप्रसाद भण्डारीलाई मुसीकोट नगरपालिका, गुल्मीमा सरुवा गरिएको छ। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट  श्रीधर गौतमलाई गोदावरी नगरपालिका, कैलाली, बेदकोट नगरपालिका, कञ्चनपुरका प्रमुख प्रशासकीय अधिकृत  हरिदत्त भट्टलाई गृह मन्त्रालय वा अन्तर्गत, घोडाघोडी नगरपालिका, कैलालीका प्रमुख प्रशासकीय अधिकृतबाट शिवसिं भण्डारीलाई मालपोत कार्यालय, वीरेन्द्रनगर, सुर्खेतमा सरुवा गरिएको छ। 

यस्तै जिल्ला प्रशासन कार्यालय, तेह्रथुमकी प्रमुख जिल्ला अधिकारी रहेकी वन्दना राईलाई शुक्लाफाँटा नगरपालिका, कञ्चनपुर, गोदावरी नगरपालिका, कैलालीका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीलाई भूमिसुधार तथा मालपोत कार्यालय, बर्दिया, गुलरिया, शिक्षा तथा खेलकुद मन्त्रालयबाट शंकरराज पाठकलाई  बेलकोटगढी नगरपालिका, नुवाकोट, लुम्बिनी सांस्कृतिक नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृतबाट तारा ज्ञवालीलाई सूचना तथा सञ्चार मन्त्रालय वा अन्तर्गत खटाइएको छ। 

यसैगरी कृषि, वन तथा पर्यावरण मन्त्रालयमा रहेका बाबुराम घिमिरेलाई भीमदत्त नगरपालिका, कञ्चनपुर, मुसीकोट नगरपालिका, गुल्मीका प्रमुख प्रशासकीय अधिकृत रहेका  मोहन अर्याललाई लुम्बिनी सांस्कृतिक नगरपालिका, रुपन्देही, बेलकोटगढी नगरपालिका, नुवाकोटका प्रमुख प्रशासकीय अधिकृत रहेका  नेत्रप्रसाद घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गत पठाइएको छ। 

सिद्धार्थनगर नगरपालिका, रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत रहेका  जनक थापालाई माडी नगरपालिका, चितवन, भीमदत्त नगरपालिका, कञ्चनपुरका प्रमुख प्रशासकीय अधिकृतबाट महेशबहादुर बमलाई गृह मन्त्रालय वा अन्तर्गत, माडी नगरपालिका, चितवनका प्रमुख प्रशासकीय अधिकृतबाट  जगतप्रसाद भुसाललाई शुक्लागण्डकी नगरपालिका, तनहुँ, बनगाड कुपिण्डे नगरपालिका, सल्यानका प्रमुख प्रशासकीय अधिकृतबाट गोकर्ण पन्थीलाई मध्यविन्दु नगरपालिका, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), मध्यविन्दु नगरपालिका, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रमुख प्रशासकीय अधिकृतबाट विपिन क्षेत्रीलाई सिद्धार्थनगर नगरपालिका, रुपन्देही र लेकबेँसी नगरपालिका, सुर्खेतका प्रमुख प्रशासकीय अधिकृतबाट महेंद्रकुमार शर्मालाई मालपोत कार्यालय, लमही, दाङमा सरुवा गरिएको छ।

हेर्नूहोस् विवरणः

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७