सर्वोच्च अदालतका दुई सहरजिस्ट्रार रजिस्ट्रारमा बढुवा सिफारिस
काठमाडौं : सर्वोच्च अदालतका दुई जना सहरजिस्ट्रार रजिस्ट्रारमा बढुवाका लागि सिफारिस भएका छन्। मंगलबार बसेको न्याय सेवा आयोगको बैठकले सहरजिस्ट्रार ठगिन्द्र कट्टेल र बाबुराम दाहाललाई रजिस्ट्रारमा बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
यसअघिका रजिस्ट्रार मानबहादुर कार्की निर्वाचन आयोगको प्रमुख आयुक्त र भद्रकाली पोखरेल उच्च अदालतको न्यायाधीश नियुक्त भएसँगै सर्वोच्च अदालतमा रजिस्ट्रारका दुई पद रिक्त थिए।
.gif)

.png)

