२ हजार ७७० भेप सहित चार जना पक्राउ
काठमाडौं : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रतिबन्धित विद्युतीय चुरोट (भेप) भण्डारण तथा बिक्री वितरण गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।
प्रहरी टोलीले आइतबार चुच्चेपाटी र महाबौद्धमा रहेको दुई छुट्टाछुट्टै स्थानमा छापा मारेर २ हजार ७७० वटा भेप बरामद गरेको हो। कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार चुच्चेपाटीस्थित ‘रेसा कलेक्सन’को गोदामबाट २ हजार ६७० वटा र महाबौद्धस्थित ‘आरएचएस इन्टरनेशनल प्रालि’बाट थप १०० वटा भेप बरामद गरिएको हो।
भेप भण्डारण तथा बिक्री वितरणमा संलग्न रहेको आरोपमा प्रहरीले धादिङका पूर्णलाल श्रेष्ठ, चन्द्रागिरिका शुभम गुप्ता, रामेछापका राजन मोक्तान र काभ्रेका सक्षम श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको प्रहरीले जनाएको छ।
.gif)

.png)

