सुरक्षाकर्मीविरुद्ध घृणा–द्वेष फैलाउने युवक पक्राउ
काठमाडौं : सामग्री सामाजिक सञ्जालमार्फत सार्वजनिक नैतिकता तथा शिष्टाचारविरुद्ध घृणा–द्वेष फैलाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा टोखा नगरपालिका–८ बानियाटार बस्ने रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ घर भएका २७ वर्षीय जनक परियार रहेका छन्।
प्रहरीका अनुसार विपद्को संवेदनशील समयमा खोज, उद्धार तथा व्यवस्थापनमा अहोरात्र खटिएका सुरक्षा निकाय तथा राष्ट्रसेवकहरूका विषयमा सार्वजनिक नैतिकता तथा शिष्टाचारविरुद्धका सामग्री विद्युतीय स्वरूपमा प्रकाशन गरेको आरोप उनीमाथि छ।
त्यस्ता सामग्रीमार्फत सुरक्षा निकाय तथा राष्ट्रसेवकप्रति घृणा–द्वेष फैलाई नागरिक र सुरक्षा निकायबीचको सुमधुर सम्बन्धमा खलल पुर्याउने कार्यमा संलग्न रहेको आरोपमा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनामनगरबाट पक्राउ गरेको हो। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
.gif)

.png)

