ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
काठमाडौं : करिब १ सय ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ परेका छन्। पर्साको वीरगञ्ज महानगरपालिका–१६ लिङ्करोडस्थित होटल अमन प्यालेसबाट करिब १ सय ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारत घर बताउने करिब ३५ वर्षीय विशाल कुमार कुशवाहा छन् । एपीएफ इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र साउदको कमान्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । प्रारम्भिक सोधपुछका क्रममा कुशवाहाले उक्त ब्राउन सुगर भारतको रक्सौल नाका हुँदै नेपाल ल्याएको बताएका छन् ।
प्रहरीले उनको साथबाट बीआर ०५ बीएस ०४१९ नम्बरको मोटरसाइकल तथा नेपाली र भारतीय रुपैयाँसमेत बरामद गरेको जनाएको छ । पक्राउ परेका कुशवाहालाई बरामद लागूऔषध तथा अन्य सामानसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
.gif)

.png)

