कृष्णभीरमा पहिरोले अवरुद्ध सडक असोज १ देखि यातायात सञ्चालनको तयारी


२०८३ भदौ ३० मंगलबार ०७:५८ बजे

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरोले अवरुद्ध सडक खुलाउने काम अन्तिम चरणमा पुगेको छ। ११ दिनदेखि जारी ग्राभेलिङ, स्लोप कटिङ तथा नाली निर्माणको कामसँगै असोज १ गतेदेखि नियमित यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।

निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालका अनुसार ३०० मिटर लामो र ७.५ मिटर चौडा सडक संरचनाको सब–बेस फिनिसिङ भइरहेको छ। सडकको परीक्षण सफल भए पनि थप पहिरो तथा अन्य जोखिमलाई ध्यानमा राख्दै हाल ट्र्याक पूर्णरूपमा बन्द गरिएको छ।

नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले सडक सञ्चालनबारे अनावश्यक भ्रममा नपर्न आग्रह गरेका छन्। थप समस्या नआए असोज १ गतेदेखि नियमित रूपमा सवारी सञ्चालन गर्न सकिने उनले बताए। सडक निर्माण तथा पुनःस्थापनाका लागि हाल ५–६ वटा हेभी इक्विपमेन्ट र ४०–५० जना मजदुर परिचालन गरिएको छ। निर्माण कार्यलाई तीव्रता दिँदै सडक सञ्चालनका लागि आवश्यक तयारी भइरहेको जनाइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७