बाढीपश्चात् बाल संरक्षण र सुरक्षित खानेपानीमा संवेदनशील बन्न आग्रह


२०८३ भदौ २२ सोमबार १७:१६ बजे

काठमाडौं : रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते गएको विनाशकारी विपद्पछि बालबालिका तथा जोखिममा रहेका समुदायको संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जागृति बाल तथा युवा सरोकार नेपालले जोड दिएको छ। विपद्को १३औँ दिनको स्मरण गर्दै संस्थाले मृतकप्रति श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै बेपत्ताको खोजी, उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ।

संस्थाले सोमबार विज्ञप्ति जारी गर्दै विपद्का कारण अभिभावक गुमाएका, परिवारबाट अलग भएका वा अन्य कारणले जोखिममा परेका बालबालिका बेचबिखन, बालश्रम, बालविवाह, हिंसा तथा दुर्व्यवहारको जोखिममा पर्न सक्ने भन्दै तत्काल संरक्षण संयन्त्र प्रभावकारी बनाउन संस्थाले सरकारसँग आग्रह गरेको हो।

संस्थाले यस्ता बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षित आवास, पुनर्स्थापना तथा मनोसामाजिक सहयोग सुनिश्चित गर्नुपर्ने जनाएको छ। साथै सुरक्षित खानेपानी, सरसफाइ र स्वास्थ्य सेवामा ध्यान दिन तथा संवेदनशील समूहको पोषण र स्वास्थ्य अवस्थाप्रति विशेष संवेदनशील बन्न आग्रह गरेको छ। विपद्को समयमा सामाजिक सञ्जालबाट अपुष्ट तथा भ्रामक सूचना फैलाउँदा प्रभावित समुदायमा थप त्रास र मानसिक तनाव सिर्जना हुन सक्ने भन्दै त्यस्ता सामग्री सम्प्रेषण नगर्न पनि संस्थाले अनुरोध गरेको छ।

जागृति बाल तथा युवा सरोकार नेपालले साझेदार संस्थासँगको समन्वयमा रसुवा र नुवाकोटमा राहत, संरक्षण तथा मनोसामाजिक सहयोगका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७