सहसचिव आभा श्रेष्ठ सचिवमा बढुवा
काठमाडौं : सरकारले सहसचिव आभा श्रेष्ठ कर्णलाई सचिवमा बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवाकी सहसचिव कर्णलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
बढुवासँगै कर्णलाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवका रूपमा पदस्थापन गर्ने निर्णयसमेत भएको छ।
.gif)

.png)


