चीनतर्फ अड्किएका १२५ नेपाली स्वदेश फर्किँदै
काठमाडौं : भोटेकोशी बाढीका कारण चीनको केरुङमा अलपत्र परेका १२५ जना नेपाली आज बिहीबार स्वदेश फर्किने भएका छन्।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण केरुङमा रोकिएका नेपालीलाई चिनियाँ पक्षले नेपाल फर्काउन लागेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार चिनियाँ पक्षले नेपाली दूतावाससँगको समन्वयमा १२५ नेपालीलाई आज नेपाल फर्काउने व्यवस्था मिलाएको हो।
बाढीका कारण रसुवागढी–टिमुरे सडकखण्डमा ठूलो क्षति पुगेपछि नेपाल–चीन स्थलमार्गबाट हुने नियमित आवागमन प्रभावित भएको छ। यसअघि पनि केरुङमा अलपत्र नेपालीलाई वैकल्पिक नाकाबाट स्वदेश फर्काउने पहल गरिएको थियो।
.gif)

.png)

