भोटेकोशी बाढीः अमेरिकाले पठायो पाँच हजार उद्धार सामग्रीसहित राहत


२०८३ भदौ १७ बुधबार १८:५९ बजे

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि अमेरिकाले पठाएको मानवीय तथा विपद् प्रतिकार्य सामग्री बुधबार काठमाडौं आइपुगेको छ। अमेरिकी सैन्य कार्गो विमानमार्फत पाँच हजार थान विशेष उद्धार सामग्री, पाँच सय प्राथमिक उपचार किट, स्ट्रेचरलगायतका सामग्री ल्याइएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।

नेपाल सरकारको नेतृत्वमा भइरहेको खोज तथा उद्धार अभियानलाई सहयोग पुर्‍याउन नेपाल सरकारकै अनुरोधमा उक्त सामग्री पठाइएको दूतावासले जनाएको छ। अमेरिकाले यसअघि भोटेकोशी बाढीको प्रतिकार्यका लागि ३६ लाख अमेरिकी डलर सहयोग घोषणा गरिसकेको थियो। पछिल्लो राहत सामग्री त्यसबाहेक थप सहयोगका रूपमा आएको हो।

दूतावासले विपद्को समयमा उपलब्ध गराइएको सहयोगले नेपाल र अमेरिकाबीचको दीर्घकालीन साझेदारी तथा प्रभावित समुदायलाई सहयोग गर्ने प्रतिबद्धता थप स्पष्ट भएको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७