चिनियाँ सीमा पुगेको टोलीले भन्यो : आत्तिनुपर्दैन

सतर्क र सचेत रहन आग्रह


२०८३ भदौ १२ शुक्रबार १४:५५ बजे

काठमाडौं : चीनको तिब्बत क्षेत्रमा हिमताल फुटेर रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आउन सक्ने सूचना आएपछि वस्तुस्थिति बुझ्न जनप्रतिनिधि र प्रशासनको टोली सीमा क्षेत्रमा पुगेको छ। गोसाईंकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ र रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीसहितको टोलीले हेलिकोप्टरमार्फत रसुवागढी नाका तथा आसपासका क्षेत्रको हवाई निरीक्षण गरेको हो।

निरीक्षणपछि गाउँपालिका अध्यक्ष तामाङले भोटेकोशी नदीमा ठूलो वा असामान्य बाढीको अवस्था नदेखिएको बताएका छन्। हवाई निरीक्षणका क्रममा नदीको बहाव सामान्य अवस्थामै रहेको पाइएको भन्दै उनले तत्काल आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारे। “नदीको बहाव सामान्य अवस्थामै रहेको छ, आत्तिनुपर्ने स्थिति छैन तर सचेत र चनाखो चाहिँ हुनुपर्छ,” अध्यक्ष तामाङले भने।

अध्यक्ष तामाङले सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका नागरिकलाई भने निरन्तर सतर्क र सचेत रहन आग्रह गरेका छन्। स्थानीय प्रशासन र स्थानीय तहले सम्भावित जोखिमलाई ध्यानमा राखेर अवस्थामाथि सूक्ष्म निगरानी गरिरहेको जनाइएको छ। सम्भावित विपद्बाट क्षति न्यूनीकरणका लागि पूर्वतयारी तथा सतर्कतालाई प्राथमिकतामा राखिएको अधिकारीहरूले बताएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७