दुई सहायक रथी उपरथीमा बढुवा, प्रधानसेनापति सिग्देलले दिए दर्ज्यानी चिन्ह

चार जना प्रमुख सेनानी महासेनानीमा बढुवा


२०८३ भदौ ८ सोमबार १४:२० बजे

काठमाडौं : नेपाली सेनाका दुई सहायक रथी उपरथीमा बढुवा भएका छन्। बढुवा भएका सहायक रथी द्रव्यराम भण्डारी र सहायक रथी रञ्जित थापा पिएचडीलाई प्रधानसेनापति महारथी अशोकराज सिग्देलले मंगलबार दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। 

गत भदौ ४ गतेदेखि उपरथी दर्जामा पदोन्नति भएका भण्डारी र थापालाई प्रधानसेनापति सिग्देलले जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। त्यस अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका चार जना प्रमुख सेनानीलाई पनि प्रधानसेनापतिले दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। 

कार्यक्रममा बढुवा भएका रथीवृन्द तथा अधिकृतहरूका साथै उनीहरूका परिवारजनको समेत उपस्थिति रहेको नेपाली सेनाले जनाएको छ। प्रधानसेनापतिले बढुवा भएका सैनिक अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै नयाँ जिम्मेवारीअनुसार संगठनको हितमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने सन्देश दिएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७