भोटेकोशी बाढी प्रभावितका लागि हिमालयन बुलियनले २१ लाख सहयोग गर्ने


२०८३ भदौ १२ शुक्रबार ०८:०७ बजे

काठमाडौं : बाढी प्रभावितको उद्धार तथा राहतमा सहयोग पुर्‍याउन हिमालयन बुलियनले २१ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी तटीय क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि कम्पनीले राहतका लागि सहयोग घोषणा गरेको हो।

कम्पनीले प्रेस विज्ञप्तिमार्फत बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। हिमालयन बुलियनले बाढीका कारण प्रभावित नागरिकको खोज, उद्धार तथा तत्काल राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ।

कम्पनीले प्राकृतिक विपत्तिको समयमा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन आफ्नो तर्फबाट सहयोगको हात अघि बढाएको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७