रसुवामा ४४९ जनाको उद्धार, १७ विदेशी नागरिक पनि सुरक्षित


२०८३ भदौ १२ शुक्रबार १३:४८ बजे

काठमाडौं : रसुवामा आएको बाढीका कारण प्रभावित नागरिकको उद्धारका क्रममा नेपाली सेनाले ४४९ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। नेपाली सेनाका अनुसार २०८३ भदौ १२ गते दिउँसो १२ः२० बजेसम्म हेलिकप्टरमार्फत टिमुरे, स्याफ्रुवेशी, मैलुङलगायतका प्रभावित क्षेत्रबाट १७ जना विदेशी नागरिकसहित ४४९ जनाको उद्धार गरिएको हो। उद्धार गरिएकामध्ये १३ जना भारतीय र ४ जना जर्मन नागरिक रहेका छन्।

बाढी प्रभावित जिल्लाहरूमा नेपाली सेनाका ४ हजार ५०० भन्दा बढी सैनिक जनशक्ति परिचालन गरिएको छ। सेनाले स्थानीय तह तथा अन्य सुरक्षा निकायसँग समन्वय गरी घाइते तथा प्रभावित नागरिकको खोजी तथा उद्धार, आपत्कालीन उपचार र राहत सामग्री वितरणको कामलाई निरन्तरता दिइरहेको जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सेनाले हेलिकप्टरसहित आवश्यक जनशक्ति, उपकरण तथा अन्य स्रोतसाधन परिचालन गरेको जनाएको छ। सेनाले जोखिमयुक्त क्षेत्रमा फसेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा प्रभावितहरूलाई आवश्यक स्वास्थ्य सेवा र राहत उपलब्ध गराउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७