एकैदिन सुनको मूल्य ३ हजार २०० रुपैयाँले बढ्यो
प्रतितोला ३ लाख २२ हजार ७०० पुग्यो सुन
काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले बढेको हो।
आइतबार प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर ३ लाख २२ हजार ७०० रुपैयाँ पुगेको छ। सुनको मूल्य बढेको दिन चाँदी भने सस्तो भएको छ।
आइतबार प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १० रुपैयाँले घटेर ४ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।यससँगै सोमबार बजारमा सुनको मूल्य नयाँ उचाइतर्फ बढ्दा चाँदीको मूल्यमा भने सामान्य गिरावट देखिएको छ।
.gif)

.png)

