एकैदिन ७ हजार ४०० रुपैयाँले बढयो सुनको मूल्य
काठमाडौँ : नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७ हजार ४०० रुपैयाँले बढ्दै २ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको छ।
अघिल्लो दिन भने सुन २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ।
चाँदी प्रतितोला १०० रुपैयाँले बढेर ४ हजार ९४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो।
.gif)

.png)

