तरकारीदेखि फलफूलसम्मको मूल्य सार्वजनिक, पार्सले सबैभन्दा महँगो

पालुङ्गो २५०, पार्सले १,८०० र सिताके च्याउ १,००० रुपैयाँ


२०८३ भदौ ८ सोमबार ०८:२९ बजे
फाइल फोटो

काठमाडौँ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिको मूल्यसूचीअनुसार केही हरियो सागसब्जी तथा विशेष किसिमका च्याउको मूल्य तुलनात्मक रूपमा उच्च छ। आजको मूल्यसूचीमा पार्सले प्रतिकिलो १ हजार ८०० रुपैयाँ कायम भएको छ।

यस्तै सिताके च्याउ प्रतिकिलो १ हजार, माछा सुकेको १ हजार, जिरीको साग र सेलरी प्रतिकिलो ५०० रुपैयाँ तथा पुदिना ७०० रुपैयाँ तोकिएको छ। सामान्य तरकारीतर्फ ठूलो नेपाली गोलभेँडाको अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ रहेको छ भने भारतीय ठूलो गोलभेँडा १०० रुपैयाँ छ। सानो लोकल गोलभेँडा ५५ रुपैयाँ र टनेल गोलभेँडा ७३ रुपैयाँ प्रतिकिलो तोकिएको छ। 

आलु रातो लाम्चोको मूल्य प्रतिकिलो ५१ रुपैयाँ, रातो गोलो र मुढे आलु ५३ रुपैयाँ तथा भारतीय रातो आलु ४० रुपैयाँ रहेको छ। सेतो आलु ३८ रुपैयाँ र भारतीय सुकेको प्याज ८० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ। गाजर लोकलको मूल्य प्रतिकिलो १२० रुपैयाँ र तराईको ८० रुपैयाँ छ। काउली स्थानीय ११० रुपैयाँ, बन्दा लोकल ४५ रुपैयाँ, रातो मूला ३० रुपैयाँ तथा भन्टा लाम्चो ३० रुपैयाँ प्रतिकिलो तोकिएको छ। 

फलफूलतर्फ स्याउ फुजी प्रतिकिलो ३५० रुपैयाँ, नेपाली केरा दर्जनको ३०० रुपैयाँ, कागती ३०० रुपैयाँ, अनार ३०० रुपैयाँ तथा मालदह आँप २८० रुपैयाँ रहेको छ। किबी प्रतिकिलो ४०० रुपैयाँ, एभोकाडो २५० रुपैयाँ र ड्रागन फ्रुट ५०० रुपैयाँ तोकिएको छ। मसला तथा हरियो उत्पादनतर्फ अदुवा प्रतिकिलो २३० रुपैयाँ, हरियो धनियाँ ५०० रुपैयाँ, सुकेको खुर्सानी ५५० रुपैयाँ र अकबरे खुर्सानी ३०० रुपैयाँ रहेको छ। चिनियाँ सुकेको लसुन २३० रुपैयाँ र नेपाली सुकेको लसुन २०० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ। 

माछातर्फ ताजा रहु प्रतिकिलो ३७० रुपैयाँ, बचुवा ३४० रुपैयाँ र छडी ३५० रुपैयाँ तोकिएको छ। समितिले सार्वजनिक गरेको मूल्य अधिकतम थोक मूल्य हो। बजारमा खुद्रा बिक्री गर्दा स्थान, गुणस्तर र व्यापारीअनुसार मूल्य फरक पर्न सक्नेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७