तोलामा बीस हजार पाँच सयले बढ्यो सुनको मूल्य
काठमाडाैं : नेपाली बजारमा विगत केही दिनदेखि उतारचढाव भइरहेको सुनको मूल्यमा आज अहिलेसम्मकै ठुलो र ऐतिहासिक वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले बढेको हो । यो वृद्धिसँगै गत शुक्रबार प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा खरिद–बिक्री भएको सुनको मूल्य आज ह्वात्तै बढेर ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ ।
सुनसँगै सेतो धातु चाँदीको मूल्यमा पनि आज उच्च वृद्धि देखिएको छ । महासङ्घले आजका लागि चाँदीको मूल्य प्रतितोला ५ हजार ३४५ रुपैयाँ निर्धारण गरेको छ, जुन गत शुक्रबारको तुलनामा प्रतितोला ३०५ रुपैयाँले बढी हो । गत शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको अभूतपूर्व तेजीका कारण नेपाली बजारमा त्यसको प्रत्यक्ष र ठुलो प्रभाव परेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन ४ हजार ७३० अमेरिकी डलर र प्रतिऔँस चाँदी ८७ अमेरिकी डलरको उच्च विन्दुमा कारोबार भइरहेको छ ।
.gif)

.png)

