तोलामा २ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं : बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । यस दिन सुन प्रतितोला २ हजार २ सय रुपैयाँ र चाँदी १८५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन सुन ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको भाउ प्रतितोला ५ हजार १५० रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन चाँदी ५ हजार ३३५ रुपैयाँ थियो ।
यसअघि गत माघ १५ गते सुनचाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदी ७ हजार ५०५ रुपैयाँ पुगेको थियो । उक्त रेकर्ड मूल्यबाट सुनको भाउ करिब ३२ हजार रुपैयाँ घटिसकेको छ ।
.gif)

.png)

