एकैदिन ६७ सयले बढ्यो सुनको मूल्य
काठमाडौं : नेपाली बजारमा मंगलबार (चैत १७) सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६७ सय रुपैयाँले वृद्धि भएको हो। यससँगै सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ कायम भएको छ।
यसअघि अघिल्लो दिन सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी आज प्रतितोला १४५ रुपैयाँले बढेर ४ हजार ८४५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
.gif)

.png)

