दुर्गा प्रसाईं ‘अस्थायी नजरबन्दमा’
लघुवित्त पीडितको आन्दोलनमा जान रोक
काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले लघुवित्त पीडितको आन्दोलनमा सहभागी हुनबाट रोकेको छ। लघुवित्त पीडितहरूले शनिबार ललितपुरको हरिहर भवनस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर प्रदर्शन गरिरहेका छन्। उक्त प्रदर्शनमा सहभागी हुने तयारीमा रहेका प्रसाईंलाई प्रहरीले घरबाट बाहिर निस्कन नदिएको हो।
प्रसाईंका अनुसार उनी आन्दोलनमा सहभागी हुन घरबाट निस्कनुअघि नै प्रहरी उनको भक्तपुरको ठिमीस्थित निवासमा पुगेको थियो। प्रहरीले आफूलाई बाहिर जान नदिएको उनले बताएका छन्। प्रसाईंको घर अगाडि प्रहरीको भ्यान राखिएको छ भने उनको निवास आसपास ठूलो संख्यामा प्रहरी परिचालन गरिएको बताइएको छ।
लघुवित्त पीडितहरूले विभिन्न माग राख्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन्। शनिबारको प्रदर्शनमा प्रसाईं पनि सहभागी हुने कार्यक्रम तय भएको थियो।
.gif)

.png)

