सुनचाँदीको मूल्यमा फेरि भारी वृद्धि
सुन तोलामा १९०० र चाँदी ४० रुपैयाँले बढ्यो
काठमाडौँः स्थानीय बजारमा सोमबार पहेँलो धातु (सुन) को मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु १ हजार ९०० ले बढेको छ।
नयाँ मूल्यसूची अनुसार, आइतबार प्रतितोला रु २ लाख ९० हजार ९०० मा कारोबार भएको छापावाला सुनको मूल्य सोमबारका लागि भने रु २ लाख ९२ हजार ८०० तय गरिएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। सोमबार चाँदीको मूल्य तोलामा रु ४० ले बढेको छ। आइतबार प्रतितोला रु ५ हजार १० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु ५ हजार १५० निर्धारण भएको महासङ्घले जनाएको छ।
.gif)

.png)

