सुनचाँदीको भाउमा भारी वृद्धि


२०८३ बैशाख २३ बुधबार ११:१० बजे

काठमाडौँ: स्थानीय बजारमा आज (बुधबार) सुन र चाँदी दुवैको मूल्यमा उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ हजार ८०० रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो।

महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँ कायम गरिएको छ। मंगलबार यसको कारोबार प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा भएको थियो। यस्तै, १० ग्राम सुन खरिद गर्न आज उपभोक्ताले २ लाख ५४ हजार ४६० रुपैयाँ तिर्नुपर्नेछ।

सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला १७५ रुपैयाँले महँगिएर ५ हजार ५५ रुपैयाँ पुगेको छ। हिजो मंगलबार चाँदीको मूल्य ४ हजार ८८० रुपैयाँ रहेको थियो। १० ग्राम चाँदीको मूल्य आज ४ हजार ३३४ रुपैयाँ तोकिएको छ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र उतारचढावका कारण नेपाली बजारमा पनि मूल्यमा यस्तो भारी वृद्धि देखिएको महासंघले उल्लेख गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७