लागूऔषधसहित कपिलवस्तुमा दुई जना पक्राउ


२०८३ भदौ ३ बुधबार १७:३० बजे

कपिलवस्तु : कपिलवस्तुमा प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। शिवराज नगरपालिका–५ बाट ब्राउनसुगरजस्तो देखिने ३० मिलिग्राम पदार्थसहित सोही नगरपालिका–३ खरेन्द्रपुरका २४ वर्षीय अमन विश्वकर्मालाई बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
यस्तै, कपिलवस्तु नगरपालिका–३ सिकोटवाकी ५३ वर्षीया तारा तेलीलाई गाँजाजस्तो देखिने १ सय ३० ग्राम पदार्थसहित बुधबार दिउँसो पक्राउ गरिएको छ। वडा प्रहरी कार्यालय तौलिहवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७