अतिरिक्त समयमा टोरेसको गोलले स्पेनलाई दिलायो अग्रता
काठमाडौं : अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा जारी फिफा विश्वकप २०२६ को फाइनल खेलमा स्पेनले अर्जेन्टिनाविरुद्ध अग्रता लिएको छ।
निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि सुरु भएको अतिरिक्त समयको १०६औं मिनेटमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई १–० को महत्वपूर्ण अग्रता दिलाएका हुन्।
विश्व फुटबलको सर्वोच्च प्रतियोगिताको उपाधिका लागि भिडिरहेका दुई टोलीबीचको यो खेल निकै प्रतिस्पर्धात्मक देखिएको छ। खेलको अन्तिम समयमा स्पेनले लिएको यो अग्रताले उपाधि होडमा स्पेनलाई बलियो स्थितिमा उभ्याएको छ।
.gif)

.png)

