स्पेनविरुद्ध अर्जेन्टिनाको रणनीतिमा बदलाव, टोलीमा तीन परिवर्तन


२०८३ श्रावण ४ सोमबार ००:३३ बजे

काठमाडौं : फिफा विश्वकप २०२६ को उपाधिका लागि आज भइरहेको फाइनल खेलमा साविक विजेता अर्जेन्टिनाले आफ्नो टोलीमा तीन महत्त्वपूर्ण परिवर्तन गरेको छ। स्पेनविरुद्धको निर्णायक भिडन्तका लागि अर्जेन्टिनाले रणनीतिमा बदलाव ल्याउँदै टोलीको संरचनामा परिवर्तन गरेको हो।

अर्जेन्टिनाको टोलीमा गरिएको परिवर्तन अनुसार, गोन्जालो मोन्टिएल, रोड्रिगो डे पउल र निकोलस गोन्जालेजले पहिलो रोजाइमा खेल्ने अवसर पाएका छन्। यसअघि सेमिफाइनलमा इंग्ल्यान्डविरुद्धको खेलमा सुरुवाती ११ मा स्थान बनाएका नाहुएल मोलिना, जिलियानो सिमिओनी र लिउन्ड्रो पेरेडेस भने आजको खेलमा बेन्चबाट सुरु गर्दैछन्।

अर्जेन्टिनाको तुलनामा स्पेनले भने आफ्नो टोलीमा कुनै पनि परिवर्तन नगरी फ्रान्सविरुद्धको सेमिफाइनलमा खेलेकै खेलाडीहरूलाई मैदानमा उतारेको छ। दुवै टोलीका लागि यो खेल ऐतिहासिक छ, किनकि ६० वर्षपछि विश्वकपको मञ्चमा यी दुई टोली आमनेसामने हुँदैछन्। युरोप र दक्षिण अमेरिकाका दुई महादेशीय च्याम्पियनबीचको यो कडा प्रतिस्पर्धालाई विश्वभरका फुटबल समर्थकहरूले चासोका साथ हेरिरहेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७