मलेसिया ६७ रनमै अलआउट
पूजा महतोले लिइन् ३ विकेट
काठमाडौँः एसियन गेम्स छनोट र एसीसी प्रिमियर कपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा नेपाली टोलीले सानदार बलिङ प्रदर्शन गर्दै घरेलु टोली मलेसियालाई मात्र ६७ रनमा धराशायी बनाएको छ ।
मलेसियाको क्वालालम्पुरमा टस जितेर पहिले ब्याटिङ रोजेको आयोजक टोलीलाई नेपाली बलरहरूले सुरुवातदेखि नै दबाबमा राख्दै सस्तैमा अलआउट गरेका हुन् ।
मलेसियाको ब्याटिङ लाइनअपलाई ध्वस्त पार्ने क्रममा नेपालकी पूजा महतोले उत्कृष्ट बलिङ गर्दै ३ विकेट चटकाइन् । उनलाई राम्रो साथ दिँदै मनिषा उपाध्याय र रिया शर्माले समान २–२ विकेट लिए भने कविता कुँवर र सीता मगरको भागमा १–१ विकेट रह्यो । नेपाली धारिलो बलिङसामु निरिह बनेको मलेसियाका लागि एल्सा हन्टरले बनाएको १० रन नै सर्वाधिक रहन गयो । उनका बाहेक अन्य कुनै पनि मलेसियाली ब्याटरले दोहोरो अङ्क छुन सकेनन् ।
आगामी मे २३ देखि ३१ तारिखसम्म मलेसियामै आयोजना हुने एसियन गेम्स छनोट र त्यसलगत्तै जुन १ देखि १३ तारिखसम्म हुने एसीसी प्रिमियर कपको पूर्वतयारीका लागि नेपालले यो मैत्रीपूर्ण खेल खेलिरहेको हो । यही अभ्यास शृङ्खला अन्तर्गत नेपालले आगामी २२ गते घरेलु टोली मलेसियासँगै आफ्नो अर्को तयारी खेल खेल्ने तालिका छ ।
.gif)

.png)

