एमाले कार्यदलमा अझै मिलेन कुरा, अन्तिम मस्यौदाका लागि ३ सदस्यीय समिति
एमाले पुनर्गठन कार्यदलको बैठक असोज १ सम्म स्थगित
काठमाडौं : नेकपा (एमाले) पुनर्गठन कार्यदलको बैठक असोज १ गतेसम्मका लागि स्थगित गरिएको छ।काभ्रेपलाञ्चोकको बल्थलीस्थित एक होटलमा बसेको बैठकले दुईवटा प्रतिवेदनमा उठाइएका विषय तथा बैठकमा सदस्यहरूले दिएका सुझाव समेटेर अन्तिम मस्यौदा तयार गर्न तीन सदस्यीय सम्पादन समिति गठन गरेको सचिव राजन भट्टराईले जानकारी दिए।
उनका अनुसार समितिको संयोजकमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, सदस्यमा उपाध्यक्ष विष्णु पौडेल र सदस्यसचिवमा महासचिव शंकर पोखरेललाई जिम्मेवारी दिइएको छ। सचिव महेश बस्नेतले पनि कार्यदलमा प्रस्तुत दुवै मस्यौदा प्रस्ताव तथा बैठकका क्रममा सदस्यहरूले दिएका सुझावलाई समेटेर अन्तिम रूप दिन तीन नेतालाई जिम्मेवारी दिइएको बताएका छन्। अन्तिम मस्यौदा तयार भएपछि असोज १ गते कार्यदलको बैठक बस्ने बताइएको छ।
.gif)

.png)

