राष्ट्रिय सभामा मूल्यवृद्धिदेखि रुग्ण उद्योगसम्म सरकारको ध्यानाकर्षण
गोरखकाली रबर उद्योग कहिले खुल्छ ?
काठमाडौँ: राष्ट्रिय सभाको बैठकमा सांसदहरूले जनजीविकासँग जोडिएका ज्वलन्त समस्याहरू समाधान गर्न सरकारसँग माग गरेका छन्। मङ्गलबार बसेको बैठकको शून्य समयमा बोल्दै उनीहरूले महँगी नियन्त्रण, सुकुमवासी व्यवस्थापन र स्वदेशमै रोजगारी सिर्जना जस्ता विषयमा सरकारको ध्यानाकर्षण गराए।
सांसद कमला पन्तले ऐतिहासिक गोरखकाली रबर उद्योगलाई पुनः सञ्चालन गर्ने सरकारको तयारीबारे प्रश्न गर्दै यसबारे आधिकारिक जवाफ माग गरिन्। त्यस्तै, सांसद नरबहादुर विष्टले युवाहरू वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्य गरी स्वदेशमै अवसरहरू सिर्जना गर्ने ठोस योजना ल्याउन आग्रह गरे।
सुकुमवासी र सुशासनका मुद्दा सुकुमवासी समस्याको स्थायी समाधान खोज्न सांसद दुर्गा गुरुङले सरकारलाई सचेत गराइन् भने सांसद जयन्ती राईले अतिक्रमण हटाउने नाममा विस्थापित भएका सुकुमवासीहरूको उचित पुनस्र्थापना गर्नुपर्नेमा जोड दिइन्। सांसद युवराज शर्माले सुशासन र विकास निर्माणका कार्यलाई तीव्रता दिन आग्रह गरे भने सांसद नारायणदत्त मिश्रले लोकतन्त्र र नागरिक अधिकारको रक्षामा सरकार कत्तिको प्रतिबद्ध छ भनी प्रश्न गरे।
सामाजिक न्याय र सुरक्षा सांसद भुवनबहादुर सुनारले समाजमा व्याप्त जातीय विभेदका घटनाहरू नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न माग गरे। स्वास्थ्य क्षेत्रमा संवेदनशीलता अपनाउन सांसद राजेन्द्रलक्ष्मी गैरेले सुझाव दिइन् भने सांसद सोनाम गेल्जेन शेर्पाले सिंहदरबारभित्रै ट्राफिक नियम मिच्ने सवारीसाधनलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्ने माग राखिन्।
सांसद मदनकुमारी शाह (गरिमा) ले संसद्को गरिमा कायम राख्न र यसको अवमूल्यन नगर्न सबैलाई आग्रह गरिन्।
.gif)

.png)

