राष्ट्रिय सभागृहमा झलनाथ खनालको नारा: वामपन्थी एकता जिन्दाबाद

‘हिजो सिङ पलायो, जुरो पलायो, वामपन्थीहरू फेरि एकताबद्ध हुनुपर्छ’


२०८३ असार १४ आइतबार १५:२३ बजे

काठमाडौँ :   नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी एकता अत्यन्तै आवश्यक रहेको बताएका छन् । मदन भण्डारीको ७५ औं जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै खनालले समयले कम्युनिस्टहरूलाई हिर्काएको र अहिले बाध्यात्मक परिस्थिति खडा भएको बताएका हुन् । 

वामपन्थी एकता धेरै अगाडिदेखि नै जरूरी भएकामा अहिले वाध्यात्मक परिस्थिति सिर्जना भएकाले एकता आवश्यक रहेको बताए।  'बीचको कालखण्डमा हामीमा कहिले सिङ पलायो कहिले जुरो पलायो। कहिले अरू अरू के-के पलायो पलायो। त्यस कारणले एकताबद्ध हुन सकेनौं,' उनले भने, 'अब परिस्थितिले बाध्य बनाएको छ। यसले गर्दा आज हामी वामपन्थीहरू फेरि एकताबद्ध हुँदैछौं।'

तर, बीचको कालखण्डमा आफूहरूमा कहिले सिङ पलाएको र कहिले जुरो पलाएको उनले बताएका छन् । ‘यही दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन ढंगले अगाडि बढाउने कामको थालनी गरौँ,’ उनले भने, ‘वामपन्थी एकता अनन्तकालदेखि आवश्यकता थियो। कहिले सिङ पलायो, कहिले जुरो पलायो, कहिले के पलायो, त्यसैले एकताबद्ध हुन सकेनौँ।’

 

आजकै दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अघि बढाउन उनले आग्रह गरेका छन् । ‘अब यही दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अघि बढाउन थालौँ । तबमात्रै आज हाम्रो देशमाथि जुन साम्राज्यवादीले बबन्डर मच्चाइरहेका छन्, यसका विरुद्धको लडाइँ गतिशील भएर अघि बढ्न सक्छ,’ खनालले भनेका छन् ।

उनले मदन भण्डारीको हत्या रहस्यमयी, कायरता र षड्यन्त्रपूर्वक गरिएको बताए। ‘यद्यपि ती हत्याराहरू को हुन्, कसले हत्या गरेका थिए, यी कुराहरूलाई आजसम्म पनि पत्ता लगाउने नसक्ने कमजोरी हामीभित्रै छ,’ उनले भने, ‘उहाँमाथि हत्याको षड्यन्त्र रचियो। त्यो नेपालको कम्पयुटिस्ट आन्दोलनलाई निष्तेज पार्ने देश र विदेशका प्रतिक्रियावादीहरूको षड्यन्त्र हो। यो षड्यन्त्र उहाँमाथि मात्रै होइन, सिंगो कम्ययुनष्टि आन्दोलनमाथि जारी छ।

क‍म्युनिस्टहरू छिन्नभिन्न ‍भएकाले पनि भर्खरै भएको चुनाव नेपालको बामपन्थी आन्दोलनले शर्मनाक पराजय ब्यहोर्नुपरेको उनको भनाइ थियो।  'यदी यी दुइटै दलले मात्रै निर्वाचनभन्दा अगाडि कार्यगत एकता गरेको भए। हिसाब गर्नुस् नेकपा १७ सिट, एमाले २५ सिट, दुइटा जित्दा ४२ सिट। तर यी दुइटा जुध्दा हामीले ३२ सिट हरायौं। त्यो पनि हाम्रै हुन्थ्यौं। त्यो जोड्दा ७२ हुन्थ्यो। दुइ पार्टीबीच एकता भएको भए अझै बढ्थ्यो। करिब १०० सिट बामपन्थीको हुन्थ्यो। आज यो बालेन तानाशाही चल्ने थिएन,' उनले भने।   

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७