हिम्लुङ हिमपहिरोमा मृत्यु हुनेको संख्या १५ पुग्यो

एक जना अझै बेपत्ता


२०८३ असोज १५ बिहीबार १७:२० बजे

काठमाडौं : मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा मृत्यु हुने आरोहीको संख्या १५ पुगेको छ। 

बिहीबार मात्रै थप आठ जनाको शव भेटिएपछि मृतक संख्या १५ पुगेको हो।

असोज ११ गते गएको हिमपहिरोमा १६ जना आरोही बेपत्ता भएका थिए। तीमध्ये ११ जना दोस्रो दिन सम्पर्कमा आएका थिए। बाँकीको खोजीका क्रममा बिहीबार आठ जनाको शव भेटिएको उद्धार टोली प्रमुख पासाङ काजी शेर्पाले जानकारी दिए।

यसअघि बुधबार आश गुरुङ, सुरज राई र पदम मगरको शव भेटिएको थियो। आइतबार र सोमबार वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव फेला परेको थियो।

बिहीबार अपराह्नसम्म १५ जनाको शव भेटिए पनि अझै एक जना आरोही बेपत्ता छन्। उनको खोजी जारी रहेको नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघले जनाएको छ।

पासाङ काजी शेर्पाको नेतृत्वमा ११ जनाको टोली असोज ११ गतेदेखि नै खोज तथा उद्धारमा खटिएको छ। खराब मौसमका कारण उद्धारमा कठिनाइ भइरहेको टोलीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७