राष्ट्रिय सभाका ४ समिति सभापतिहरूले गरे शपथ ग्रहण


२०८२ चैत २५ बुधबार १२:३२ बजे

काठमाडौं : राष्ट्रियसभाअन्तर्गतका चार संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बुधबार संघीय संसद् सचिवालयले आयोजना गरेको समारोहमा उनीहरूले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष शपथ लिएका हुन्।

राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा कृष्णप्रसाद पौडेल, विधायन व्यवस्थापन समितिको सभापतिमा कृष्णबहादुर रोकाय, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्तीदेवी राई तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी निर्वाचित भएका थिए।

यसअघि मंगलबार बसेको सम्बन्धित समितिहरूको बैठकले उनीहरूलाई सभापति पदमा निर्विरोध निर्वाचित गरेको थियो। शपथग्रहणपछि अध्यक्ष दाहालले नवनिर्वाचित सभापतिहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७