१२.१ प्रतिशतले बढे सेप्टेम्बरमा नेपाल आउने पर्यटक


२०८३ असोज १५ बिहीबार १७:३२ बजे
फाइल फोटो

काठमाडौं : नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ। २०२५ को सेप्टेम्बरको तुलनामा २०२६ को सेप्टेम्बरमा नेपाल आउने पर्यटकको संख्या १२.१ प्रतिशतले बढेको हो।

वि.सं. २०२५ को सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल आएकोमा २०२६ को सोही महिनामा ८८ हजार २४८ जना आएको नेपाल पर्यटन बोर्डले जानकारी दिए। एक वर्षमा पर्यटक आगमन ९ हजार ५३७ जनाले बढेको हो।

सेप्टेम्बरमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्। भारतबाट १७ हजार ४२५ जना पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको १९.७५ प्रतिशत हो। दोस्रोमा चीनबाट ११ हजार २१२ जना आएका छन्। चिनियाँ पर्यटकको हिस्सा १२.७१ प्रतिशत छ।

अमेरिकाबाट ८ हजार २९९ जना पर्यटक आएका छन्। कुल आगमनमा अमेरिकी पर्यटकको हिस्सा ९.४० प्रतिशत रहेको छ।

क्षेत्रगत रूपमा दक्षिण एसियाबाट सबैभन्दा धेरै ३० हजार ८५ जना पर्यटक आएका छन्। त्यस्तै एसियाबाट १९ हजार ८८८, युरोपबाट १५ हजार १४८, ओसिनियाबाट ५ हजार ४२२, दक्षिण तथा उत्तर अमेरिकाबाट १० हजार १०७, मध्यपूर्वबाट २ हजार ६०६, अफ्रिकाबाट ४२४ र अन्य क्षेत्रबाट ४ हजार ५६८ जना पर्यटक नेपाल आएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७